मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Sunday, 13 July, 2025
फाइल तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर ९ शुक्रबार o६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्डलाई ओलीको प्रस्ताव चुनावी समीक्षासहित संवाद र सहकार्य गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o६:५८:oo

‘मंसिर ४, ओली सरकार’ भन्ने नारासहित चुनावमा होमिए पनि सोचेअनुरूप परिणाम नआएपछि एमाले अध्यक्ष केपी ओलीले राजनीतिमा सहमति र सहकार्यका निम्ति वाम पार्टीहरूसँग संवादको अग्रसरता देखाएका छन् ।

करिब तीन वर्षयता उतारचढावको तिक्त सम्बन्धमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई बिहीबार टेलिफोन गरेर ओलीले चुनावी समीक्षासहित संवाद र सहकार्यको प्रस्ताव राखेका छन् । गोरखाबाट निर्वाचित प्रचण्डलाई बधाई दिँदै ओलीले त्यस्तो प्रस्ताव राखेका हुन् । 

‘तिक्तता बढ्दै जाँदा निकै परपर भइएजस्तो छ, अब बसेर कुरा गरौँ,’ ओलीको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरू अहिले पनि सक्रिय नै छन् ।’ जवाफमा प्रचण्डले चुनावी परिणाम आइसकेपछि समीक्षासहित छलफलका लागि तयार रहेको बताएका थिए ।

‘प्रचण्ड कमरेडले परिणामप्रति सन्तुष्टि व्यक्त गर्नुभएन, उहाँले पनि सबै परिणाम आएपछि भेटेरै सबै समीक्षा गरौँला भन्नुभएको छ,’ ओलीको सचिवालय स्रोतले भन्यो । ओलीका पूर्वप्रेस संयोजक चेतन अधिकारीले दुई नेताले टेलिफोनमार्फत बधाई साटासाट गर्दै तीन–चार मिनेट संवाद गरेको बताए । ‘उहाँहरूले चुनावी परिणाम आइसकेपछि छलफल गर्ने सहमति जनाउनुभएको छ,’ उनले भने ।