मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Thursday, 19 December, 2024
श्रवण थापा सर्लाही
२o७९ मङ्सिर ९ शुक्रबार o६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाही ३ मा गठवन्धनलाई पराजित गर्दै एमालेका उप्रेती विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o६:४५:oo

सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई सात सय ७० मतान्तरले पराजित गर्दै एमाले नेता हरिप्रसाद उप्रेती विजयी भए । 

नेता उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरे भने, गठवन्धन उम्मेदवार माओवादीका नेता साहले ३२ हजार एक सय ६८ मत मात्र प्राप्त गरे । उनीहरुबीच मत गणनाको अधिकांश समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो । दुबै उम्मेदवारले पालैपालो अग्रता कायम गरेका थिए । 

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत पाए भने, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवार पञ्च बहादुर सिंतानले तीन हजार पाँच सय ६६ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा यस चुनावमा माओवादीका उम्मेदवार साहलाई पराजित गर्दै नेकपा माओवादीका रामेश्वर राय यादव विजयी भएका थिए ।