१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २३ आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोरङ ५ मा एमालेका ‘बागी’ले मारे बाजी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:३२:oo

मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।
   
विजयी मण्डलले २१ हजार ८ सय २० मत प्राप्त गरेका छन्। निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४सय ८६ मत पाएका छन्। जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत ल्याएका छन्। 

पहिले एमालेबाट उम्मेदवार निश्चित भएका योगेन्द्र एमालेले जसपासँग गठबन्धन गरेपछि टिकटबाट वन्चित भएका थिए। यसैले उनले बागी बनेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। 

मोरङको कटहरी गाउँपालिका २ मा रहेको जीवन विकास लघुवित्त र जीवन विकास समाज नामक गैरसरकारी संस्था सञ्चालन गरिरहेका योगेन्द्र समाजसेवीका रूपमा चिनिन्छन्। उनको नोबेल डेरी उद्योग, पानी उद्योग र अस्पताल पनि सञ्चालनमा छ।   
 

ad
ad