मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ८ बिहीबार १५:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले ६ लाख ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो तीन लाख मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ८ बिहीबार १५:५२:००

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले ६ लाख मत कटाएको छ । 
एमाले समानुपातिकमा शीर्ष स्थानमा छ । उसले ६ लाख ७७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेस पाँच लाख ६८ हजार ८०९ मत पाएको छ । 

तेस्रा स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख सात हजार मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको माओवादीले दुई लाख ७३ हजार ७९४ मत प्राप्त गरेको छ । 

सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादीले ४० हजार ४०५ मत प्राप्त गरेको छ ।