१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार १५:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १५:४३:००

प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। उनले एमालेका किस्मतकुमार कक्षपतिलाई चार हजार ७९३ मतान्तरले पराजित गरेका हुन्। राठौरले २९ हजार ४० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले सात हजार ४३९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का नोयन्द्र धितालले चार हजार २८७ मत ल्याएका छन्।

कुल एक लाख १३ हजार ३२२ मतदाता रहेको उक्त क्षेत्रमा ७३ हजार ९८९ मत खसेको थियो। खसेको मतमध्ये पाँच हजार ७७ मत बदर भएको छ। निर्वाचनमा ९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

प्रदेश सभा ३ (ख)मा कांग्रेसका कुर्मी विजयी
बाँके निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ३ (ख)मा नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन्। कुर्मी दुई हजार ४८३ मतको अन्तरले निर्वाचित भएका हुन्।

कुर्मीले १३ हजार ४३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका भीम ओलीले १० हजार ९५० मत ल्याएका छन्। यस्तै, जसपाका विजयकुमार पाठकले चार हजार ४५१ मत ल्याएका छन्। कुल ५१ हजार ७२६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो।