मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०९:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङमा ३० वर्षपछि कांग्रेस विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०९:०९:००

तीन दशकदेखि कम्युनिष्ट पार्टीको लाल किल्ला रहेको ताप्लेजुङमा कांग्रेसले जीत निकालेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएको यहाँ प्रदेशसभा ख मा नेपाली कांग्रेसका खगेनसिंङ हाङ्गाम विजयी भएका हुन् ।

नेकपा एमालेका गोपाल थोप्रालाई एक हजार दुई सय ४८ को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।  यहाँ खसेको कुल २२ हजार पाँच सय २० मतमध्ये हाङ्गामले १० हजार चार सय ९६ मत प्राप्त गरेका छन् भने थोप्राले नौ हजार दुई सय ४८ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा २०४८ यता पहिलो पटक कांग्रेसले जित निकालेको हो । लगातार चुनाव जित्दै आएको नेकपा एमालेले यहाँ लालकिल्ला घोषणा गर्दै रजत महोत्सव समेत मनाएको थियो ।