सर्लाही ४ (क) मा नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह बिजयी भएका छन् । मधेश प्रदेशका पुर्व महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री समेत रहेका सिंह १५ हजार ६ सय ९३ मत सहित विजयी भएको जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । उनले १ हजार ७७ मतले नेकपा एमालेका उम्मेदवार रामबाबु यादवलाई पछाडि पार्दै बाजी मरेका हुन् ।
एमालेका यादवले १४ हजार ६ सय १६ मत मात्र प्राप्त गरे । जनमत पार्टीका प्रमोद कुमार रायले २ हजार ३ सय ८८ मत मात्र प्राप्त गरे । निर्वाचन कार्यलयका अनुसार यस क्षेत्रमा ३८ हजार ८ सय ५७ मत खसेको थियो ।