मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १९:४८:००

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएका छन्। 

सत्तागठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई पराजित गरे। श्रेष्ठले २९ हजार ५०५ मत ल्याउँदा मियाँले १९ हजार ४३९ मत प्राप्त गरे। 

०७४ मा एमालेमा रहेका श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बन्दै तनहुँबाट निर्वाचित भएका थिए। त्यसवेला उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए। 

एमाले विभाजनपछि एकीकृत समाजवादीमा रहेका श्रेष्ठले यसपटक तनहुँ छाडी बारा रोजेका थिए।