हिमाली जिल्ला डोल्पामा निर्वाचन सम्पन्न भएको ४ दिनपछिमात्र सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्याइएको छ ।बुधबार शे-फोक्सुन्डो गाउँपालिकाका पाँच मतदानकेन्द्रका मतपेटिका हेलिकाेप्टरबाट सदरमुकाम दुनै झारेसँगै ६८ वटै मतदान केन्द्रका मतपेटिका आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
कर्णाली प्रदेशका अन्य जिल्लामा मतपेटिका संकलन गरेर पनि अन्तिम मतपरिणाम आइसक्दा डोल्पामा ढिलोगरिमात्र मतपेटिका झारिएको हो ।भौगोलिक कठिनाइले हेलिकप्टरको भर पर्नुपर्ने बाध्यताले पनि मतपेटिका संकलनमा केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
मतगणनास्थल तयारी अवस्थामा रहेको सर्वदलीय बैठकको तयारी भइरहेकाले आजसाझसम्म मतगणना सुरु हुने उनले बताए ।