Skip This
सिन्धुपाल्चोक १ मा  माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा, २ मा कांग्रेसको अग्रता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Sunday, 07 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ मङ्सिर ७ बुधबार o७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक १ मा  माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा, २ मा कांग्रेसको अग्रता 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार o७:१७:oo

सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपाल र माओवादी केन्द्रका माधव सापकोटा सुवोधबीच कडा प्रतिस्पर्धा छ । क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेत एमालेका शेरबहादुर तामाङभन्दा चार हजार मतान्तरले अघि छन् । 

प्रदेशसभा क्षेत्र नं. १ अन्तर्गत भोटेकोसी, बाह्रबिसे, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिका गणना सम्पन्न हुँदासम्म नेपालभन्दा एक सय ३६ मतले पछि परेका सापकोटाले प्रदेशसभा क्षेत्र नं. २ को सुनकोसी गाउँपालिका गणना सुरु हुँदा १७ मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा १ मा  ५४ वडा छन् । हालसम्म २७ वडाको मत गणना भएको छ । हालसम्म सापकोटाले १४ हजार एक सय २२ र नेपालले १४ हजार एक सय पाँच मत ल्याएका छन् । 

प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले १२ हजार १४ र एमालेका तामाङले सात हजार पाँच सय ४६ मत ल्याएका छन् । यो क्षेत्रमा ४९ वडा छन् । हालसम्म १५ वडाको मत गणना सम्पन्न भएको छ । 

सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ को प्रदेशसभा क्षेत्र नं. १ मा कांग्रेस महिला नेतृ मसिना खड्का भण्डारी निर्वाचित भएकी छन् । उनले एमालेका युवा उम्मेदवार युद्धविक्रम तामाङलाई आठ सय ३२ मतान्तरले पराजित गर्दै जित निकाल्न सफल भइन् ।

भण्डारीको १४ हजार ६ सय ५२ मत आउँदा तामाङले १३ हजार चार सय ६२ मत ल्याए । ६६ हजार सात सय ५५ मतदाता रहेको यो प्रदेशमा ३२ हजार आठ सय ५९ मत खसेको थियो । एक हजार पाँच सय ५० मत बदर भयो । यहाँ चार स्थानीय तहको २६ वडा छन् । भण्डारी र तामाङसहित नौ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 

त्यसैगरी प्रतिनिधिसभा २ को प्रदेशसभा क्षेत्र नं. १ मा माओवादीका युवराज दुलाल चार हजार मतान्तरले एमालेका अमानसिंह तामाङभन्दा अगाडि छन् । दुलालले ११ हजार ६ सय ५८ र तामाङले सात हजार पाँच सय तीन मत ल्याएका छन् । यो प्रदेशमा नौ वटा वडा गन्न बाँकी छन् । 


 

ad
ad
ad
ad