१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ मङ्सिर ६ मंगलबार २o:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खोटाङमा गठबन्धनको अग्रता कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार २o:१८:oo

प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रदेश १ का सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर पुनः बढाएका छन्। 

मन्त्री पासाङले चार हजार ३१६ मत प्राप्त गर्दा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले तीन हजार ५८३ मत प्राप्त गरेका छन्। 

गठबन्धनका साझा उम्मेदवार मन्त्री पासाङ एमालेका भट्टराईभन्दा ७३३ मतले अगाडि देखिएका छन्। अहिले हलेँसी तुवाचुङ नगरपालिका–११ राजापानीको मतगणना भइरहेको गणनास्थलमा रहेका पत्रकार सूर्य तामाङले जानकारी दिए। 

जनता समाजवादी पार्टीका कृष्णकुमार राईले ३६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले १०८, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले २२, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका दीपक मगरले ७६, आमूल परिवर्तन मसिहाँ पार्टीले ३८ र स्वतन्त्रका जयन्द्रकुमार राईले ९७ मत प्राप्त गरेका छन्। नौ हजार ४७ मत गणना हुँदा ४४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उता, प्रदेश सभा (क)मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई १२८ मतले अगाडि छन्। वीरबलकाजीले तीन हजार ८१५ तथा नेकपा (एमाले)का १ नं. प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ले तीन हजार ६८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिए। 

यस्तै, जनता समाजवादी पार्टीका राकेश राईले ८९५, नेकपा (माले)का पदमप्रसाद आचार्यले ५१४, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका प्रयाग राईले १८, नेपाल मजदुर किसान पार्टीका केशव राईले १८, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले चार र अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले ५२६ मत प्राप्त गरेका छन्। नौ हजार ९७८ मतगणना हुँदा ५०१ मत बदर भएको जनाइएको छ।

प्रदेश सभा (ख)मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दंगालभन्दा ४९५ मतले अगाडि भएका छन्। महामन्त्री राईले चार हजार ५०१ मत प्राप्त गर्दा दंगालले चार हजार छ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

जनता समाजवादी पार्टी (जसपा)का प्रेमकुमार राईले ११७, मंगाेल नेसनल अर्गनाइजेसन पार्टीका विमला राईले १५, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १६ र खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ११९ मत प्राप्त गरेका छन् । नौ हजार १९ मत गणना हुँदा २४५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशत मात्र मत खसेको छ। प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेश सभा (क)मा दशजना र प्रदेश सभा (ख)मा छजना उम्मेदवार रहेको जिल्लामा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। 
 

ad
ad
ad
ad