Skip This
सिन्धुपाल्चोक १ मा एमालेका सरेश नेपाल, २ मा कां‌ग्रेसका मोहन बस्नेतको अग्रता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Sunday, 07 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ मङ्सिर ६ मंगलबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक १ मा एमालेका सरेश नेपाल, २ मा कां‌ग्रेसका मोहन बस्नेतको अग्रता

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o७:oo:oo

सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपालले अग्रता लिएका छन् । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिका वडा नं. १ को मत गणना सकिँदा माओवादीका माधव सापकोटालाई नेपालले ८२ मतले पछाडि पारेका छन् । नेपालले दुई हजार ६ सय ६२ र सापकोटाले दुई हजार पाँच सय ८५ मत ल्याएका छन् । यहाँ ५४ वडा छन् । 

प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । उनले तीन हजार एक सय ७५ ल्याउँदा एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत ल्याएका छन् । इन्द्रावती गाउँपालिकाको पाँच हजार सात सय तीन मत गन्दाको परिणाम हो यो । यस क्षेत्रमा ४९ वडा छन् । 

क्षेत्र नं. १ को प्रदेशसभा १ मा कांग्रेसकी मसिना खड्काले अग्रता लिएकी छन् । खड्काले दुई हजार एक सय ३९ मत ल्याएकी छन् । एमालेका डिबी तामाङले एक हजार नौ सय २१ मत ल्याएर पछ्याइरहेका छन् । यता क्षेत्र नं. २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका युवराज दुलालले झण्डै दोब्बर मतले लिड गरेका छन् । दुलालको तीन हजार ५३ मत आउँदा एमालेका अमानसिंह तामाङले एक हजार आठ सय ३३ मत ल्याएका छन् । 

ad
ad
ad
ad