कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । ८ हजार तीन सय ५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले दुई हजार चार सय ३१ मत प्राप्त गरेका छन् ।
एमालेकी विद्या भट्टराई दुई हजार दुई सय ५७मतसहित पछ्याइरहेकी छिन् । सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका श्रीनाथ बरालले एक हजार चार सय तीन मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार ८३ मत ल्याएका छन् ।