१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Sunday, 29 September, 2024
२o७९ मङ्सिर ५ सोमबार १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङ प्रदेश सभा (१) मा कांग्रेसका गुरुङ निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १९:४४:oo

हिमाली जिल्ला मनाङको प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्। 

मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा उनका प्रतिद्वन्दी एमालेका राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए। मुनिन्द्रले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन्।

प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ। प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन्। पछिल्लो मतपरिणामअनुसार दुई हजार ५ सय ७३ मत गन्दा कांग्रेसका टेकबहादुर गुरुङ  १ हजार २ सय ८८ मतसहित १७ मतले अगाडि छ्न्। 

उनलाई एमालेका पोल्देन छोपाङ गुरुङले १ हजार २ सय ७१ मतसहित पछाइरहेका छन्। प्रदेश सभा २ मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन्। मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा ४ हजार ८ सय ४५ अर्थात् ७१ दशमलव ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।