१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Wednesday, 26 June, 2024
२o७९ मङ्सिर ५ सोमबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हेलिकोप्टरबाट उत्तरी गोरखाको मतपेटिका ढुवानी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १४:५७:oo

उत्तरी गोरखाको मतदान केन्द्रमा रहेका मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको छ । गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसोबाट हेलिकोप्टरमा राखी सदरमुकाम गोरखा बजार ल्याउन सुरु गरिएको हो। हेलिकोप्टर बिहानै पठाउने तयारी भएपनि बाक्लो हुस्सु देखिएका कारण ढिला भएको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले जानकारी दिए । 

नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए । हेलिकोप्टरबाट तीन पटकमा चुमनब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ल्याइनेछ । दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिको रोहवरमा हेलिकोप्टरबाट मतपेटिका ल्याइएको हो ।

हेलिकाेप्टरबाट ल्याएको मतपेटिका गोरखा नगरपालिका वडा नं ८ स्थित आहालेमा ल्याण्ड गरी त्यहाबाट गाडीमा राखी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरिएको छ । अन्य मतदान केन्द्र र गोरखा २ को सबै मत पेटिका भने सदरमुकाम आइसकेको प्रजिअ आचार्यले जानकारी दिए ।
 

ad
ad
ad
ad