प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नम्बर ४ को मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेस उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्।
काठमाडौं ४ अन्तर्गत अहिले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना हुँदै छ। यहाँ १५११ मत खसेकोमा थापाले ६६८ मत ल्याएका छन्। एमालेका उम्मेदवार राजन भट्टराईले ६३३, हलोका उम्मेदवारले ६५, खुकुरी चिह्न लिएका उम्मेदवारले २८ र लौरोका उम्मेदवारले १९ मत पाएका छन्।