ताप्लेजुङका चार हिमाली गाउँको मतपत्र हेलिकोप्टरमार्फत् ढुवानी गरिने भनिए पनि अन्ततः बोकेर लगिएको छ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार फक्ताङलुङ गाउँपालिका–७ को याङ्मा र ओलाङचुङगोला, सोही गाउँपालिकाको वडा नम्बर ६ घुन्सा र ग्याव्ला गाउँका चार वटा मतपेटिका सोमबार बिहान बोकेर लगिएको हो।
‘हेलिकोप्टर नआउने भएपछि याङ्मार ओलाङ्चुङगोलाबाट मतपेटिका बोकेर ल्याउन थालिएको छ । दुवै ठाउँका मतपेटिका राति १० बजेसम्म ईलाडाडाँमा पुगेपछि ट्याक्सीबाट लेलेप ल्याइनेछ,’ उनले भने।
याङ्मामा मतदान केन्द्रमा ६१ मतदाता रहेकोमा १२ मत खसेको छ। घुन्सामा १६९ मतदाता रहेकोमा ६० मत खसेको छ भने ग्याव्लामा ६७ मतदाता रहेकोमा २२ मत खसेको छ।
जिल्लका १२३ मतदान केन्द्रमध्ये चारवटाबाहेक केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ।