मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कोटेश्वरमा ट्राफिक प्रहरीले होल्ड गरेका सवारीसाधन । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ५ सोमबार ०६:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनको दिन अनुमतिविनै चलाइएका २,८९२ सवारीसाधन ट्राफिक नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ५ सोमबार ०६:४२:००

ट्राफिक प्रहरीले निर्वाचनका दिन आइतबार अनुमतिविनै सवारीसाधन चलाइएको भन्दै दुई हजार आठ सय ९२ सवारीसाधन नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एक सय ६२ चारपांग्रे र दुई हजार सात सय ३० दुईपांग्रे सवारीसाधनलाई कारबाहीस्वरूप दिनभर नियन्त्रण (होल्ड)मा राखिएको हो ।

निर्वाचन सुरक्षाका कारण उपत्यकामा आइतबार बिहानदेखि साँझ सात बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन चलाउन रोक लगाइएको थियो । सो निर्णय उल्लंघन गरेकाहरूलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधन साँझ छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । उपत्यका भित्रिने सबै नाकामा प्रहरीले चेकजाँच गरेको थियो । साथै मुख्य–मुख्य चोकहरूमा पनि सवारीसाधन नियन्त्रणमा सुरक्षाकर्मी खटिएका थिए ।