मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर ४ आइतबार १७:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

झापाका मतदातामा जागेन उत्साह (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १७:o५:oo

झापाका मतदानस्थलमा मतदाताको उपस्थित कम देखिएको छ । निर्वाचन कार्यालयले गरेको अपेक्षाअनसार मतदान हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले स्वीकारेका छन् । ‘हामीले ७४ प्रतिशत मत खस्ने अनुमान गरेका थियौँ । तर, अपेक्षाअनुसार मतदान हुन सकेन,’ नेपालले नयाँ पत्रिकासँग भने, ‘अन्तिमसम्म ६०÷६२ प्रतिशत मत मात्र खस्ने देखियो ।’  

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ७० दशमलव ४६ मत खसेको थियो । ६ लाख ६३ हजार ३११ मतदाता छन् । झापामा प्रतिनिधिसभातर्फ ५ वटा र प्रदेश सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेश सभातर्फ ९८ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

झापामा एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेता चुनावी मैदानमा छन् ।