मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Tuesday, 01 September, 2026
२o७९ मङ्सिर ४ आइतबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरुको नाममा मत हाल्न खोज्ने चारजना प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १६:५५:oo

महोत्तरीमा अरुको नामबाट मत हाल्न खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचन क्षेत्र नं १ (ख)मा रहेको निगौल मावि मतदान केन्द्रमा अरु व्यक्तिको नामबाट मत हाल्न खोज्ने चारजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए।

हालसम्म परिचय नखुलेका उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। थप विवरण अनुसन्धानपछि खुल्दै जाने मिश्रले बताए।