मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर ४ आइतबार o७:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार o७:४o:oo

प्रतिनिधिसभा र प्रदेश सभाको लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा प्रमुखहरुले जनाएका छन् । सुरक्षा प्रमुखहरूले फुलप्रुफ सुरक्षाकाे ब्यवस्था गरिएकाले  ढुक्कले मतदान गर्न आह्वान गरेका छन् । 

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी खटिएका छन् भने बाहिरी घेरामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइएको छ । 

धीरजप्रताप सिंह, महानिरीक्षक, नेपाल प्रहरी 
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजनाअनुसार उच्च मनोबलका साथ सुरक्षाकर्मी देशैभरि परिचालित छन् । प्रहरीको उच्च व्यावसायिकताका कारण फुलप्रुफ सुरक्षाको वातावरण बनेको छ ।

निर्वाचन बिथोल्न छिटफुट केही हिंसाका घटना भए पनि त्यसमा संलग्नलाई हामीले कानुनी दायरामा ल्याइसकेका छौँ । आफ्नो, मतदानस्थलका कर्मचारीको तथा मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न भए कसैको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएका छौँ ।

सबै सुरक्षा निकायबीचको समन्वयले निर्वाचन सुरक्षा चुस्त बनेको छ । बढीमा ३० मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने गरी सुरक्षा योजना बनेको छ । त्यसकारण ढुक्क भएर आफ्नो मताअिधकार सदुपयोग गर्न नेपाल प्रहरीको अनुरोध छ । 

राजु अर्याल, महानिरीक्षक, सशस्त्र प्रहरी    
आन्तरिक र बाह्य दुवै सुरक्षा चुनौती आकलन गरेर निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिएको छ । चार सुरक्षा निकायबीच उच्चस्तरको समन्वय भएको छ, जुन फिल्डमा पनि देखिएको छ ।

समन्वय राम्रो हुँदा सुरक्षा अवस्था बलियो भएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षालाई पनि विशेष केन्द्रमा राखेको छ । यसपटक सीमामा हाम्रो टोलीको ग्याप हुने स्थानमा भारतको एसएसबीसँग समन्वय गरी त्यहाँ आवतजावत रोक्न भनेका छौँ ।

संवेदनशील ठाउँहरूमा पहिलाको अनुभवका आधारमा थप सुरक्षाकर्मी परिचालन भएको छ । घरदेखि मतदानस्थलसम्म पुग्नदेखि मतगणनासम्मको सुरक्षामा सुरक्षाकर्मीहरू एकीकृत रूपमा खटिएर शान्तिपूर्वक चुनाव गराउने वातावरण बनेको छ । त्यसकारण निर्धक्क भएर उत्साहका साथ मतदान गर्ने वातावरण बनेको छ ।