मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ४ आइतबार ०७:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार ०७:२८:००

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्।

सुरुमा फरक क्षमताका दीपेन्द्र गिरीले मतदान गरेपछि थपलियाले दाेस्राे मतदान गरेका हुन्। प्रमुख आयुक्त दिनेश थपलियाले  निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्। 

चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको  निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ।

निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन्। मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन्। 

आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ। यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन्। चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ। 

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका