Skip This
नवलपुरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Tuesday, 16 September, 2025
२o७९ मङ्सिर ३ शनिबार १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार १२:१o:oo

नवलपुरको मध्यविन्दु– १३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु बम नभई उक्त हुक्स (क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु) रहेको प्रहरीले जनाएको छ।

बिहान ७ः३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु (कुकर)भित्र पटका भरेर राखिएको थियो। प्लास्टिकले बेरिएको प्रेसर कुकरमा खतरा लेखिएको अवस्थामा हिजो साँझ फेला परेको थियो।

शंकास्पद वस्तु कसले राखेको हो भन्ने नखुलेको उनले बताए। नवलपुरमा नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमतलगायतका दलहरुले निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै पर्चा, पोष्टर, पम्लेष्ट वितरण गरिरहेका छन्।