१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय व्यावसायिक पहलले निर्वाचन पर्यवेक्षण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १०:५१:००

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । पहलले निजी क्षेत्रका तर्फबाट निर्वाचनको पर्यवेक्षण गर्ने भएको हो । 

राष्ट्रिय व्यावसायिक पहलले ०७० सालको संविधानसभा निर्वाचनदेखि नै निरन्तर रूपमा प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ । पहलले निर्वाचन आयोगबाट यही ४ मंसिरमा हुने निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको हो । यसपटक पहलले देशका ६ वटा प्रदेशका २५ जिल्लामा एक सय २० जना पर्यवेक्षक परिचालन गरी निर्वाचन पर्यवेक्षण गर्न लागिरहेको छ ।

पहलले खटाएका पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम ३० कात्तिकमा सम्पन्न गरेको छ । साथै, पर्यवेक्षणका क्रममा आवागमन सहज पार्न खटाइएका पर्यवेक्षकलाई संस्थाको परिचय खुल्ने खालको ज्याकेट तथा सवारीसाधनका लागि ब्यानरसमेत उपलब्ध गराएको छ ।