मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २ शुक्रबार १०:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा ज्याकेट : स्टाइलिस देखिन यस्तो छनोट गर्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २ शुक्रबार १०:२५:००

जाडो मौसम बढ्दै छ । बजारमा विभिन्न डिजाइन र मूल्यका नयाँ ज्याकेटहरू भित्रिएका छन् । यस मौसममा प्रायजसोको नजर न्यानो र हावा नछिर्ने खालको ज्याकेटमा पर्ने गरेको छ । ज्याकेटले जाडो छेक्ने मात्रै नभएर तपाईंलाई स्टाइलिस पनि देखाउने हुनाले यसको छनोटमा ध्यान दिँदा राम्रो हुन्छ ।

लेदर ज्याकेट 
चिसो मौसमका लागि लेदरको ज्याकेट तातो, स्टाइलिस र उत्कृष्टमध्ये एक हो । नेपाली बजारमा यो ज्याकेट दुई प्रकारको पाइन्छ । भित्री भागमा फर नभएकोभन्दा फर भएको लेदर ज्याकेट तातो हुन्छ । लेदर ज्याकेट ‘फ्यान्सी स्टाइल’को हुन्छ । यो विशेषगरी १८–३५ वर्षका पुरुषलाई सुहाउँछ । यो लगाएर बाइक सवारी गर्दा आकर्षक पनि देखिन्छ । त्यस्तै, महिलालाई पनि स्कुटरमा यात्रा गर्दा म्याच गर्छ । बजारमा महिला र पुरुषका लागि फरक–फरक डिजाइनका ज्याकेट पाइन्छन् । बजारमा लेदर ज्याकेटको मूल्य तीन हजार रुपैयाँभन्दा बढी पर्ने गरेको पाइन्छ । अलि महँगो नै किन्ने हो भने १२ हजारमाथिका ज्याकेट पनि पाइन्छन् । 

लाइट डाउन ज्याकेट 
चिसो मौसममा लाइट डाउन ज्याकेट पनि उत्कृष्ट छ । लाइट डाउन ज्याकेट जति चिसो मौसम हुन्छ, त्यति फुल्दै जान्छ । यो फेदरभन्दा अलि पातलो हुन्छ । यसले पनि शरीरलाई तातो बनाउँछ । यो स्टाइलिस देखिए पनि धेरै चिसो छेक्न सक्दैन । त्यसैले धेरै चिसो र हिउँमा यो ज्याकेट उपयुक्त नहुन सक्छ । तर, दिउँसो घाम लागेका वेला घुमफिर गर्नका लागि यो ज्याकेट सही छनोट हो । यसमा मसिनो प्वाँख मात्रै हुन्छ । यो फेदरभन्दा अलि महँगो पर्न आउँछ । 

फेदर डाउन ज्याकेट 
जाडो मौसमका लागि डाउन ज्याकेट अत्यन्तै उपयोगी छ । यो अधिक चिसो ठाउँमा प्रयोग गरिने ज्याकेट हो । यसको भित्री भागमा प्वाँख भएकाले फेदर ज्याकेट पनि भनिन्छ । यो ज्याकेट एकदमै तातो हुन्छ । ज्याकेट युवालाई मात्रै नभएर वृद्धहरूका लागि पनि उत्तम छ । यसले शरीरलाई न्यानो बनाउँछ । बजारमा सात हजारदेखि १० हजारसम्म बजारमा पाइन्छ । हुन त योभन्दा सस्तो पनि पाइन्छ । तर, क्वालिटी राम्रो नहुन सक्छ । महिला र पुरुष दुवैको रोजाइमा यो ज्याकेट पर्ने गरेको छ । 

पफर ज्याकेट 
नेपाली बजारमा पफर ज्याकेटका विभिन्न डिजाइन पाइन्छन् । यसले शरीरलाई तातो र न्यानो बनाउँछ । त्यसैले यो ज्याकेट अधिकांश ग्राहकको रोजाइमा पर्छ । यसको भित्री भागमा सिलिकन राखिएको हुन्छ । अगाडि–पछाडि प्रिन्ट भएको पाइन्छ । यसमा १०–१२ वटासम्म डिजाइन पाइन्छन् । यो ज्याकेट अन्य ज्याकेटभन्दा अलि सस्तोमा पनि पाइन्छ । 

डेनिम ज्याकेट 
डेनिमको ज्याकेट अधिकांशको रोजाइमा पर्छ । यो ज्याकेट तातो हुन्छ । यसले स्टाइलिस लुक्स पनि दिन्छ । त्यसैले यो युवापुस्ताको रोजाइमा पर्छ । यसलाई पश्चिमी र परम्परागत दुवै प्रकारको पहिरनमा लगाउन मिल्छ । यसको मूल्य पनि सस्तो पर्न आउँछ । युवतीहरूका लागि जाडोमा डेनिम ज्याकेट एकदमै सुहाउँछ । 

प्रिन्टेड ज्याकेट 
बजारमा प्रिन्टेड ज्याकेट पाइन्छ । यो महिलाका लागि विभिन्न डिजाइनका पाइन्छन् । चिसो मौसममा यो ज्याकेटले सुन्दर देखाउँछ । बजारमा तपाईंले रोजेअनुसार विभिन्न प्रिन्टमा सजिलै पाउन सक्नुहुन्छ । क्वालिटीअनुसार मूल्य फरक–फरक हुन्छ ।