१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ मङ्सिर १ बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कसैले रहर गरिहाल्यो भनेर भोट नहाल्नुस्, पछुताउनुपर्ला : सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १७:५६:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै व्यक्तिले रहर गर्दैमा मतदान नगर्न मतदातासँग अनुरोध गरेका छन्। बानेश्वरमा काभ्रेबाट काठमाडौं १ मा बसोबास गरेका मतदाता र उम्मेदवारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले काठमाडौं १ का मतदाता विवेकी रहेको भन्दै उम्मेदवार र पार्टीको इतिहास र योगदानको मूल्यांकन गरेर मात्र मतदान गर्न आग्रह गरे। सिंहले भने, ‘अहिले धेरै प्रकारका उम्मेदवार मैदानमा हुनुहुन्छ। कसैले रहर गरिहाल्यो भनेर भोट हाल्नुभयो भने पछि पछुताउने अवस्था आउन सक्छ। विवेकका आधारमा राम्रो मान्छेलाई जिताएर पठाउनुस्। उम्मेदवारहरको क्यारेक्टर पनि बुझ्नुस्।’