Skip This
पहिलो तीन महिनामा निक्षेप र कर्जा वृद्धिदर सुस्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Sunday, 07 July, 2024
रासस काठमाडौं
२o७९ मङ्सिर १ बिहीबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

पहिलो तीन महिनामा निक्षेप र कर्जा वृद्धिदर सुस्त

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १४:२१:oo

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ०.४ र कर्जा १.३ प्रतिशतले मात्रै बढेको देखिएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १.२ र कर्जा ७.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा भने असोजमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८.२ प्रतिशतले र कर्जा ६.४ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, २६.७ प्रतिशत र ५९ प्रतिशत छ। अघिल्लो आवमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३४.४ प्रतिशत र ५०.४ प्रतिशत थियो। असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ।
 
पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.१ प्रतिशत छ। यो अवधिसम्ममा वाणिज्य बैंकको कर्जा प्रवाह १.२ प्रतिशत, विकास बैंकको कर्जा प्रवाह २.६ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६.७ प्रतिशत कर्जा घरमा र १२.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ।

तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ। त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा २.२ प्रतिशत, निर्माण क्षेत्रको कर्जा १.७ प्रतिशत र कृषि क्षेत्रको कर्जा ०.८ प्रतिशतले बढेको छ।

ad
ad
ad
ad