१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका सुकुमबासीको एउटै स्वर– जसले दिन्छ लालपुर्जा उसैलाई भोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३o:oo

बेँसीसहर नगरपालिका– ८ झिंगेखोला किनारमा ५० वर्ष बिताएकी ८० वर्षीया चिजकुमारी श्रेष्ठको एउटै धोको छ– मर्ने वेलामा लालपुर्जा हात पार्ने । चुनाव आए पनि उनको मनमा खुसी छैन । नेतालाई भोट दिएर दिक्क भएकी चिजकुमारी यसपालि जसले लालपुर्जा दिन्छ उसैलाई भोट दिने सोचमा छिन् । उनी भन्छिन्, ‘खोलाको किनारमा बस्न थालेको ५० वर्ष बितिसक्यो, तर लालपुर्जाका लागि नेता र सरकारलाई गुहार्नु मात्र भयो, लालपुर्जा अझै पाइएन।’
 
‘लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरू धेरै आए, तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ,’ उनको गुनासो थियो । ‘प्रत्येक पाँच वर्षमा आउने चुनावका वेलामा पार्टीका नेताहरू गुलिया वचन लिएर आउँछन्, आश्वासन बाँड्छन्, तर चुनावपछि नाकमुखै देखाउँदैनन्,’ उनले दुःखेसो पोखिन् । ‘चुनावताका आउने नेताहरूले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन् । जितेर गएपछि फर्किएर आउँदैनन,’ उनले भनिन् ‘भोट माग्दा मात्र यो बस्तीमा नेताहरू आउँछन्, तर हाम्रा समस्या बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।’

उनीहरू सबैले ज्याला–मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुमबासी भएकाले सरकारी सेवा–सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । सुकुमबासी बस्तीमा अझै कसैको नजर नपर्नु विडम्बना भएको सुकुमबासी कल्पना बस्याल बताउँछिन् । यसअघि पनि चुनावका वेलामा नेताहरूले लालपुर्जा दिने थुप्रै आश्वासन बाँडे, तर आसैआसमा यही झुप्रोमा जुनी बितिसक्यो, अब त कल्पना बस्याललाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ ।

उनीसँगै बेँसीसहरकै सरस्वती थापामगरलाई पनि वासको चिन्ता छ । ‘सडक विस्तार गर्दा घर जान्छ भनेका छन्, आफ्नो अन्त कतै जग्गा–जमिन छैन,’ उनले भनिन्, ‘कहाँ बस्ने, के खाने ? दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने वास कसरी बनाउने । सदाको एउटै चिन्ता वास बस्ने ठाउँ मात्रै रहेको छ।’
 
‘बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौँदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ,’ उनले दुःखेको पोखिन् । यहाँ बसोवास गर्ने १० घरपरिवारको एउटै दुःखेसो छ । बस्ती तल खोला र बस्तीमाथि सडक छ । सडक विस्तार गर्दा बस्ती नै उठाउनुपर्ने समस्या छ।
 
वर्षौँदेखि बस्दै आएको जमिन आफ्नो नाममा नामसारी नहुँदा सरकारी सेवासुविधा प्राप्त गर्नबाट समेत वञ्चित हुनुपरेको सुकुमबासी भक्त थापामगर बताउँछन् । राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले राष्ट्रिय भूमि आयोगले जिल्लामा अव्यवस्थित बसोवास भएका, भूमिहीन, दलित र भूमिहीन सुकुमबासी गरी तीन प्रकृतिको लगत संकलन गरिरहेको छ । आयोगले अव्यवस्थित बसोवास भएका, भूमिहीन दलित र भूमिहीन सुकुमबासी गरी तीन प्रकृतिको लगत संकलन गरिरहेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष अधिकारीले बताए । 

ad
ad