मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Thursday, 19 December, 2024
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर १ बिहीबार १o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बचत संकलनको ८० लाख ठगी आरोपमा दम्पती पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १o:१९:oo

बचत संकलन गरेर लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङमा एक ज्वेलर्सका दम्पती पक्राउ परेका छन । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई इलाका प्रहरी बेलबारीले  पक्राउ गरेको हो ।

धेरै ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरेका दम्पतीले स्थानीयको ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ । उनीहरूले सर्वसाधारणलाई १७ प्रतिशतभन्दा बढी ब्याज दिने भन्दै बचत संकलन गर्ने गरेका थिए । पछिल्लो समय बचतकर्ताले बचत रकम फिर्ता माग्न थालेपछि  उनीहरू गत साउनदेखि पसल नै बन्द गरेर फरार भएका थिए । 

लुकिछिपी बस्दै आएका उनीहरूलाई मोरङ प्रहरीको विशेष टोलीले केही दिनअघि मात्र पक्राउ गर्न सफल भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट विश्वकर्मा दम्पतीले ६५ जना बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ ।