मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक ३० बुधबार २१:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्जमा विस्फोट, दुई घाइते

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ३० बुधबार २१:३९:००

नेपालगन्जस्थित एक घरमा आज साँझ विस्फोट हुँदा दुईजना घाइते भएका छन्। नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा विस्फोट भएको हो। 
विस्फोटबाट सोही घरमा डेरा गरी बस्ने सल्यानको बाघचौर नगरपालिका– २ घर भएका डिल्लीबहादुर डिसी र कैलालीको घोडाघोडी नगरपालिका– १ घर भएका ३३ वर्षीय धनबहादुर सुनार घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। 

डिसी र सुनारले निर्वाचनलाई लक्षित गरी डेरामा बम भण्डारण गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उनीहरू दुवै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको प्रहरीले जनाएको छ। 
घाइतेमध्ये सुनारको अवस्था चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। उनीहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।