१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमती किनारका सुकुमबासी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५२:oo

बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमबासी हटाउन १० दिने सूचना जारी गरेपछि बागमती नदी करिडोर क्षेत्रका सुकुमबासी आन्दोलित भएका छन् ।विकास समितिले अनधिकृत रूपमा आफूहरूलाई हटाउन लागेको भन्दै मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ गरे ।

उनीहरूले आफूहरूको वासको टुंगो गरेर मात्रै करिडोर क्षेत्र खाली गर्न समितिको ध्यानाकर्षण गराएका छन् । समितिले आफ्नो कदम नसच्चिए १ मंसिरमा समितिको कार्यालय घेर्ने तथा नाराजुलुस गर्ने चेतावनीसमेत दिएका छन् ।

बागमती फोहोर उन्मूलन नमुना उपभोक्ता समितिका अध्यक्ष बाजुराम गिरीले सुकुमबासीलाई जबर्जस्ती हटाउन नमिल्ने बताए । ‘बागमती नदी खाली गर्नुपर्छ, त्यो एउटा विषय होला, तर त्यहाँ बसेका सुकुमबासीको पनि व्यवस्थापन खोज्नुपर्छ,’ उनले भने ।

समितिले गत शुक्रबार १० दिनभित्र करिडोर क्षेत्र छाड्न र टहराभित्र राखिएका सामग्री हटाउन निर्देशन दिएको थियो । तर, सुकुमबासीका रूपमा बस्दै आएका उनीहरूले आफूको जाने ठाउँ कहीँ नभएको भन्दै तुरुन्तै धपाउन नमिल्ने बताएका छन् । समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी करिडोर ओगटेर बसेकाहरूलाई हटाएर मात्रै नदी संरक्षण सम्भव रहेको बताए । 

ad
ad