१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक २९ मंगलबार २o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पाका ५ मतदान केन्द्र जहाँ सय मतदाता छैनन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार २o:५७:oo

हिमाली जिल्ला डोल्पामा सय मतदाता नपुगेका पाँचवटा मतदान केन्द्र रहेका छन्। उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने बाइसमध्ये पाँच मतदान केन्द्रमा सयभन्दा पनि कम मतदाता भएका पाँचवटा मतदान केन्द्र रहेका छन्।

जसमा छार्काङसोङ गाउँपालिका वडा नं २ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुङ्काबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्। डोल्पोबुद्ध गाउँपालिका वडा नं २ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरेर ५८ मतदाता छन्।

त्यसैगरी, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ७ मा पर्ने टासी सुम्दो आधारभूत विद्यालयल कु गाउँ मतदान केन्द्रमा पुरुष ३५ र महिला ४४ गरेर ७९ मतदाता छन्। शे–फोक्सुण्डो गाउँपालिकाकै वडा नं ६ फोदगाउँ वडा कार्यालय मतदान केन्द्रमा पुरुष १८ र महिला १६ गरेर जम्मा ३४ मतदाता रहेका छन् ।

शे–फोक्सुण्डो गाउँपालिकाकै दशरथचन्द आधारभूत विद्यालय कोमास मतदान केन्द्रमा ४७ पुरुष र ५० महिला गरेर ९७ जना मतदाता रहेका छन्। भौगोलिक रूपमा विकट भएकाले एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँ समय लाग्ने भएकाले थोरै मतदाताको लागि पनि छुट्टै मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। यी पाँच मतदान केन्द्रमा मतदान सुरु भएको तीन चार घण्टामै मतदान सकिने बताइएको छ।

ad
ad
ad
ad