मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Tuesday, 17 December, 2024
२o७९ कार्तिक २९ मंगलबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १६:३८:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन्। बवाम–लोकतान्त्रिक गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका हुन्।

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको उनको भनाइ छ। ‘यो गठबन्धन अबको १५–२० वर्षसम्म कायम रहन्छ,’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तनअनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने छ।’ संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेकोमा उनको जोड छ।

एमाले अध्यक्ष ओलीको अहंकारले कम्युनिस्ट आन्दोलनमा कलंक लागेकाले पार्टी एकता भंग भएको मात्र नभई देश प्रतिगमनमा गएको अध्यक्ष प्रचण्डले बताए। ‘केपी ओलीमा अहंकारको उदय भएका कारणले गठबन्धन भएको हो,’ उनले भने, ‘अब ओलीसँग सहकार्य कहिल्यै पनि हुँदैन।’