१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक २९ मंगलबार o६:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार o६:४३:oo

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगन्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । 

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृहको नेपालगन्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगन्ज नाकामा एक हजार नौ सय ९५ महिला तथा बालबालिकालाई परामर्श दिएको संस्थाका जिल्ला संयोजक निर्मल सुवेदीले जानकारी दिए । उनका अनुसार साउनमा आठ सय पाँच, भदौमा सात सय १८ र असोजमा चार सय ७२ असुरक्षित तथा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिइएको हो । यसमा अधिकांश अविवाहित रहेका छन् । एक हजार चार सय ९४ अविवाहित तथा बालबालिका रहेका छन् ।

नेपालगन्ज नाकामा अन्य सामाजिक संघ–संस्थाले समेत जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिने गरेका छन् । यो तीन महिनाको अवधिमा शान्ति तथा पुनस्थापना केन्द्रले ७० जनाको उद्धार गरेको छ । रासस