१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २९ मंगलबार o६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई सातामा तरकारी किलोमै ५८ रुपैयाँसम्मले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार o६:३o:oo

दसैँ–तिहारजस्ता महत्वपूर्ण चाड सकिएसँगै तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार पछिल्लो साता तरकारीमा प्रतिकिलो नौ रुपैयाँदेखि ५८ रुपैयाँसम्मले वृद्धि भएको छ । कात्तिक दोस्रो साता एक सय ३५ रुपैयाँ प्रतिकिलो रहेको चम्सुरको मूल्य अहिले एक सय ९३ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, हाइब्रिड र लोकल काँक्राको मूल्य प्रतिकेजी ३० रुपैयाँ र ११ रुपैयाँले वृद्धि भएको छ । बर्खे उत्पादन पर्याप्त नभएको र हिउँदे तरकारी पनि बजारमा आइनपुगेका कारण तरकारीको मूल्य बढेको कालिमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । हिउँदे तरकारी भित्रिने क्रम सुरु भएकाले अब मूल्य पनि घट्दै जाने उनको भनाइ छ । उनले भने, ‘हिउँदे तरकारी आउने क्रम बढ्दै छ, अर्कोतर्फ चुनावले केही तरकारी खपत जिल्लामै बढ्न थाल्दा उपत्यकामा कम भित्रिएको छ, त्यसैले पनि केही महँगो भएको हुन सक्छ ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले अनुगमन गर्ने निकाय र कर्मचारी चुनावकेन्द्रित हुँदा तरकारीको मूल्य बढेको बताए । उनले भने, ‘अहिले अनुगमन गर्ने निकाय सुस्त बनेको छ, त्यसको फाइदा उठाउँदै बिचौलिया हाबी हुँदा मूल्य बढ्न पुगेको हो ।’ तर, चुनावले गर्दा पर्याप्त कर्मचारी नभए पनि अनुगमन भइरहेको वाणिज्य आपूर्ति विभागका महानिर्देशक महेन्द्र भट्टराईले बताए । 

 

 

ad
ad
ad
ad