मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार ११:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुजुकीको दसैँ–तिहार अफरमा एक लाखसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार ११:२२:oo

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भिजी अटोमोबाइल्स प्रालिले चाडपर्वलक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन् ।

अफरअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको इएमआई सुविधासमेत लिन सक्नेछन् । शून्य ब्याज तथा ३६ महिनाको कम इएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीको भनाइ छ । 

यो योजना सुजुकीका भी–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ मा लागू हुनेछ । चाडपर्वलाईलक्षित गर्दै ग्राहकलाई नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्दा आर्थिक तथा फाइनान्सिङ दुवै पक्षबाट सहजता दिने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।

‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुनेछ । ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडेल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन् । 

↑