स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर (डेढ करोडभन्दा बढी) सहयोग गरेको छ । गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनर्स्थापना, पुनर्निर्माण तथा राहत तथा पुनर्प्राप्तिका लागि बैंकले उक्त रकम सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको दैनिक जीवन तथा जीविकोपार्जनमा ठुलो असर परेको बताए ।