मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार o७:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बुलियन र सलिकोबिच दुर्घटना बिमा सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o७:४६:oo

गरगहनासम्बन्धी काम गर्ने कम्पनी हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)बिच बिमा सम्झौता भएको छ । द्विपक्षीय सम्झौताअनुसार हिमालयनले आफ्ना ग्राहकको दुर्घटना बिमा गरिदिनेछ । कम्पनीका अनुसार घटस्थापनाको दिनदेखि हरेक ग्राहकको दुर्घटना बिमा गरिनेछ ।

बिमालाई तीन तहको सदस्यता कार्यक्रममा वर्गीकरण गरिएको छ । जसमा, सिल्भर, गोल्ड र प्लाटिनम ग्राहक रहनेछन् । सिल्भरमा एक लाख, गोल्डमा पाँच लाख र डायमन्डमा १० लाखसम्मको बिमा हुने कम्पनीले जानकारी दिएको छ । 

↑