राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा १३ को उपधारा(२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिवेशन २०८३ साल असोज १६ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुनेगरी अन्त्य हुनेछ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको उल्लेख छ।