मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १३:२३:oo

सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन्।

प्रहरीका अनुसार सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा  बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो।

दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी बझाङको जयपृथ्वी नगरपालिका-८ की २५ वर्षीय विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 


 

↑