मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन सांसद आचार्यको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १२:२२:oo

सांसद बिपिनकुमार आचार्यले नेपाली रुपैयाँका लागि छुट्टै र मौलिक मुद्रा चिह्न निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार संसद्मा बोल्दै आचार्यले विश्वका प्रमुख मुद्राहरू डलर, पाउन्ड, युरो, येनसँगै छिमेकी मुलुक चीनको युआन र भारतको भारुसमेत आफ्नै आधिकारिक मुद्रा चिह्नमार्फत अन्तर्राष्ट्रिय रूपमा चिनिने गरेको उल्लेख गरे। तर नेपाली रुपैयाँ भने हालसम्म ‘रु.’ र अंग्रेजीमा ‘NPR’ जस्ता सामान्य संक्षिप्त रूपमै सीमित रहेको उनको भनाइ थियो।

डिजिटल अर्थतन्त्र र फिनटेकको विस्तारसँगै नेपाली मुद्रालाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्न आफ्नै मौलिक मुद्रा चिह्न आवश्यक रहेको आचार्यले बताए। उनले भने, ‘एउटा यस्तो चिह्न, जसले देवनागरी लिपिको मौलिकता र हाम्रो सार्वभौम राष्ट्रिय पहिचानलाई एकैसाथ प्रतिविम्बित गरोस्।’

आचार्यले खुला प्रतिस्पर्धामार्फत उत्कृष्ट डिजाइन छनोट गरी नेपाली रुपैयाँलाई नयाँ, आधुनिक र मौलिक मुद्रा चिह्न प्रदान गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए। उनले नेपाली मुद्राको आफ्नै पहिचान निर्माणसँगै यस्तो चिह्नले डिजिटल भुक्तानी, वित्तीय प्रविधि तथा अन्तर्राष्ट्रिय कारोबारमा समेत नेपाली रुपैयाँको पहिचानलाई सहज बनाउने धारणा राखे।

↑