बजाजले लोकप्रिय पल्सर एनएस सिरिजका लागि रवीन्द्र ढाँटलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । यो सहकार्यले ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबिचको समानतालाई प्रस्तुत गर्नेछ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ ।
पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको बजाजले ढाँटसँगको सहकार्यबाट यही पहिचानलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने जनाएको छ ।