नेपाली कांग्रेस संस्थापन पक्षको १८ असोजदेखि काठमाडौंमा हुने लागेको १५औँ महाधिवेशनमा कञ्चनपुरबाट केही पूर्वमन्त्री, महिला अधिकारकर्मीदेखि युवा पुस्ताका नेताहरूले सहभागिता जनाउन नपाउने भएका छन्। महाधिवेशनमा सहभागिताका लागि जिल्लाका निर्वाचन क्षेत्रबाटै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने प्रावधानअनुसार कञ्चनपुरबाट पूर्वमन्त्रीदेखि जेन्जी पुस्ताका युवासम्म पराजित भएका छन्।
निर्वाचन क्षेत्र नं. ३ बाट पूर्वमन्त्री तारणीदत्त चटौत, जेन्जी युवा गोवर्ण महरा, नेविसंघ पूर्वजिल्ला अध्यक्ष कृष्ण भट्ट तथा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत बिना भण्डारीसहितका उम्मेदवार पराजित भएका छन्। पूर्वपार्टी केन्द्रीय सदस्य एवं पर्यटनमन्त्रीसमेत रहेका कांग्रेसका चूडामणि चौटालले २३४ मत प्राप्त गर्दा महिला अधिकारकर्मी बिना भण्डारीले ३१६ मत पाइन्।
२२ वर्षीय जेन्जी युवा गोवर्ण महराले २३३, नेविसंघका पूर्वकेन्द्रीय नेता पदमराज पन्तले २३३ र नेविसंघ कञ्चनपुरका पूर्वअध्यक्ष कृष्ण भट्टले २०८ मत पाए। सबैभन्दा कम परमानन्द कपाडीले ४५ र युवा माधव सिंह साउदले ९४ मत मात्र प्राप्त गरे।
क्षेत्र नं. ३ बाट सबैभन्दा बढी ४२० मतसहित कृष्णबहादुर कुँवर, दीपकबहादुर सिंह, दुर्गादत्त बोहरा, नाफु सिंह साउद, प्रकाश थापा, विष्णुदत्त जोशी, बेलबहादुर राना, खेमराज पण्डित, लोकबहादुर ठगुराठी, वीरेबहादुर मल्ल, अमृत कार्की, लोचन सिंह कार्की, प्रेमबहादुर विष्ट, कृष्णप्रसाद पाठक, दिलबहादुर सिंह, यज्ञराज चटौत, शंकरबहादुर चन्द, अहिल्या बोहरा, खगेश्वरी बोगटी, माया भट्ट र राधिका थापा निर्वाचित भएका छन्।उक्त क्षेत्रमा ७१८ मतदातामध्ये ६२५ मत खसेको थियो।
क्षेत्र नं. २ बाट पनि युवा जेन्जी विद्यार्थी नेताहरू पराजित भएका छन्। युवा यज्ञराज वैज, ईश्वर खाती, उद्धव बोहरा, कृष्ण पाण्डेय, भारत साउद, शेषशैया विष्ट र धनश्याम विक पराजित भएका छन्। पूर्वजिल्ला सभापतिसमेत रहेका हरिप्रसाद बोहरासहित कविराज भट्ट, जयबहादुर ऐर, नवराज जोशी, पुष्पराज भट्ट, वीरबहादुर चन्द, भुवनेश्वरी पन्त, भोजराज बोहरा, रामसिंह पुजारा, लेखराज जोशी, नरेन्द्रबहादुर ऐर, नरेन्द्रदत्त जोशी, भुवनराज पाण्डेय, मदनराज भट्ट, रमेश चटौत, सुरेन्द्र ऐर, उद्धवराज भट्ट, गणेश कामी (विक), भीमबहादुर खडायत, पुष्करराज ओझा निर्वाचित भएका छन्।क्षेत्र नं. २ मा ६६४ मतदातामध्ये ६१६ मत खसेको थियो।
यसअघि नै क्षेत्र नं. १ बाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए। तर, उक्त क्षेत्रबाट पनि जेन्जी युवा जीवन रानासहित केही उम्मेदवार बाहिरिनुपरेको थियो। संविधानसभा सदस्यसमेत रहेका प्रदेशसभा सदस्य (सांसद) दिवान सिंह विष्ट, पहिलोपटकमै प्रयासमा युवा नेता सुरेन्द्र सिंह, दीर्घबहादुर सिंह (ठकुरी), पूर्वशिक्षक लालबहादुर रावत, किसान नेता भरतबहादुर विष्ट, चेतनकुमार राई, हरिन्द्र सिंह विष्ट, बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र राना, उपप्रमुख शान्तिनाथ, विद्यार्थी नेता मदनराज उपाध्याय, निर्वतमान क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलडाँडीका पूर्वसभापति हर्कदेव जोशी, सीताराम खड्का, यमप्रसाद पौडेल, दिनेश शर्मा लगायत निर्वाचित भएका छन्।
महिला नेतृहरूको तर्फबाट खिमा भण्डारी, मिनादेवी चन्द, अनिता तामाङ, राधा विष्ट, देवी पौडेल (लोहनी), तारा खड्का, मनोज भट्ट, मानबहादुर रोकाया, रघुवीर सिंह भण्डारी, विश्राम राना, धर्मसिंह बडायत, सगुन राना, सौविनिया राना, दाउत तामाङ, दीपबहादुर लामा, रमेश चुनारा, रामबहादुर खड्का, छेमानन्द राना र धर्मराज जोशी निर्वाचित भएका छन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ बाट दलित, क्षेत्र नं. २ बाट थारू र क्षेत्र नं। ३ बाट दलित तथा थारू उम्मेदवार निर्वाचित हुन सकेनन्। क्षेत्र नं। २ मा एक मात्र दलित उम्मेदवार गणेश कामी ९विक० निर्वाचित भएका छन् भने क्षेत्र नं. ३ मा दलित र थारू समुदायबाट कुनै उम्मेदवार निर्वाचित भएनन्। नेपाली कांग्रेस कञ्चनपुरका कावा सभापति हरिश्चन्द्र रानाले वडा, पालिका, क्षेत्र र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएपछि अब सिधै केन्द्रीय अधिवेशन र त्यसपछि जिल्ला अधिवेशन हुने बताए।