१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइएफसी र उद्योग वाणिज्य महासंघबिच सहकार्यमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबिच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ। आइएफसीका दक्षिण एसिया क्षेत्रका प्रमुख ग्रेगोरी स्मिथ तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालिच महासंघ सचिवालयमा भएको भेटवार्ता आपसी सहकार्य र समन्वयका विविध पक्षमा छलफल भएको हो ।

आइएफसीका स्मिथले नेपालको आर्थिक विकासमा वाणिज्य महासंघसँग सहकार्य गर्न आइएफसीका तयार रहेको बताए। उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले ज्ञानसम्बन्धी साझेदारी, साना तथा मझौला उद्यमको क्षमता विकास र युवाका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्ने उल्लेख गरे । 

महासंघका उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आइएफसीसँग गरेको सहकार्यमा साना तथा सझौता उद्यमसम्बन्धी काम गरिएको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसीको सहयोगप्रति आभार व्यक्त गरे ।