१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार २३:२९:oo
Read Time : < 1 मिनेट
समाचार

दुई महिनाका लागि आइजिपी बन्लान् खापुङ ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार २३:२९:oo

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका ६ प्रहरी अधिकारीले बुधबार दर्ज्यान्यी चिन्ह लगाएका छन्। प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरुलाई दर्ज्यान्यी चिन्ह लगाएका हुन्। 

यसरी एआइजीको फुली लगाउनेहरूमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज केसी छन् । 

उनीहरुमध्ये चन्द्रकुबेर, लालमणि र कृष्णहरी सिनियर ब्याचका हुन्। हालका प्रहरी महानिरीक्षक थापासँगै इन्सपेक्टरको परीक्षामा सामेल भएपनि उनीहरूलाई दुई महिनापछि नियुक्ति दिइएको थियो । त्यो २ महिनापछिको नियुक्ति उनीहरुमध्ये चन्द्रकुबेरको हकमा सुखद हुने सम्भावना देखिएको छ । त्यही ढिलो नियुक्तिका कारण दुई महिनाका लागि उनी प्रहरी नेतृत्वमा पुग्ने सम्भावना बढेको छ । 

एआइजी बढुवा भएका उनको ब्याचका लालमणि आचार्य जेठमा र कृष्णहरीले भदौमा उमेरहदका कारण अवकाश पाउनेछन् । हालका प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकाल अहिलेकै कानूनी प्रावधानअनुसार १९ भदौसम्म हुनेछ । त्यसपछि चन्द्रकुबेर आफ्नो ब्याचबाट एक्ला दाबेदार हुनेछन् । आइजिपी भएमा १९ भदौदेखि २७ कात्तिकसम्म दुई महिना ८ दिन उनी प्रहरीको नेतृत्वमा रहनेछन् । यद्यपी यसबिचमा ३० वर्षे सेवाहद हट्ने गरी ऐन संशोधन भएमा भने हालकै प्रहरी महानिरीक्षकको पदावधि लम्बिने छ । सेवाहद हटाउने प्रावधानसहितको बिधेयक हाल संसदमा विचाराधिन छ । 

२७ कात्तिपछि भने ११२ को टोलीका दानबहादुर, राजन र मनोजमध्येबाट प्रहरी नेतृत्वमा पुग्नेछन् ।