१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १८ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जेठ २३ मा आउने ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १७:o५:oo

आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक गरिएको छ। हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको यो पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन्।

पोस्टरमा धेरै कलाकारहरू देखिन्छन्, सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चस्मा लगाएको छ। सार्वजनिक पोस्टरलाई रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो। 

पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले सिनेमामा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ। सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायतका कलाकारहरू देखिएका छन्। पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने संकेत गर्छ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको सिनेमा‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। यसको सार्वजनिक गरिएको दुई गीत 'घामै राजा' र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन्। 

मुइन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको सिनेमा‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माणमा तयार भएको सिनेमालाई प्रदीप भारद्वाजले लेखेका हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, सिनेमाको कथा यसै प्रचलनमा आधारित छ। 

सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनील शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टू वान डिजिटलले खरिद गरेको छ।