१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख १८ बिहीबार १७:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महोत्सवको नाफाबाट विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १७:१८:oo

कञ्चनपुर उद्योग वाणिज्य संघले विभिन्न संघसंस्थाहरूलाई आर्थिक सहयोग गरेको छ। वाणिज्य संघले गत फागुनमा महेन्द्रनगर खुलामञ्चमा सञ्चालन गरेको महोत्सवको नाफाबाट विभिन्न पाँच सामाजिक संघसंस्थाहरूलाई आर्थिक सहयोग गरेको हो।

बिहीबार एक कार्यक्रमबिच कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आम्दानीबाट यसअघिको घोषणाअनुरूप विभिन्न संघसंस्थालाई चेक हस्तान्तरण गरेको बताए।

उनका अनुसार नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई ६० हजार ७१३ रुपैयाँ, भीमदत्त नगरपालिका ८, भम्केनीमा नेपाल आमाको मूर्ति बनाउन दुई लाख ३२ हजार ५३७ रुपैयाँ, महाकाली अञ्चल बाल अनाथालयलाई ५१ हजार तथा राधाकृष्ण मन्दिर र शिवधामलाई २५/२५  हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

संघका अध्यक्ष पीताम्बर जोशीले नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेशसिंह धामी, भम्केनी धामका अध्यक्ष जनकराज जोशी, वरपिपलका अध्यक्ष ऋषिराम खरेललगायतलाई चेक हस्तान्तरण गरे।