१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १८ बिहीबार ११:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सलाई मोस्ट प्रोमिसिङ पार्टनर अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार ११:१o:oo

नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सलाई चीनको यिबिनमा आयोजित ‘काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५’ मा संयुक्त रूपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

यो पुरस्कारले लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकमा उभ्याएको छ । यसले नेपाली बजारमा बलियो वृद्धि क्षमता र प्रभावकारी प्रदर्शनलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

सम्मानले लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारीसाधनलाई ग्राहकसम्म पुर्‍याउने र प्रवर्द्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

काइयी नेपालले लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्समार्फत नेपाली उपभोक्ताहरूको विशिष्ट आवश्यकता र प्राथमिकता पूरा गर्न डिजाइन गरिएका नयाँ मोडेलका रोमाञ्चक लाइनअप सुरु गर्ने तयारी गरेको छ ।