१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
एजेन्सी सियोल
२o८२ बैशाख १८ बिहीबार ११:५७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘रुस–युक्रेन युद्धमा ६ सय उत्तर कोरियालीको मृत्यु’

Read Time : < 1 मिनेट
एजेन्सी, सियोल
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार ११:५७:oo

प्योङयाङले मस्कोलाई सहयोग गर्न सेना तैनाथ गरेको आधिकारिक पुष्टि गरेपछि युक्रेनविरुद्ध रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिक मारिएको र हजारौँ घाइते भएको सियोलका एक सांसदले बुधबार बताएका छन् ।

‘अहिलेसम्म उत्तर कोरियाली सैनिकको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमध्ये करिब ६ सयजनाको मृत्यु भएको छ,’ संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ–क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारलाई भने । 

उत्तर कोरियाले सोमबार पहिलोपटक रुसमा सेना तैनाथीको पुष्टि गरेको थियो । सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमावर्ती क्षेत्र कुस्र्कमा युक्रेनी नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको बताएको थियो । सियोल र वासिंटनले पहिलेदेखि आरोप लगाए पनि दुवै देशबाट महिनौँको मौनतापछि अन्ततः मस्कोले पनि उत्तर कोरियाको सहभागितालाई छुट्टै पुष्टि गरेको छ ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि मस्को र प्योङयाङले आफ्ना सैन्य सहयोग बढाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले गत वर्ष आपसी रक्षा खण्डसहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए । ‘उत्तर कोरियाले दुई चरणमा १८ हजार सेना परिचालन गरेर रुसलाई कुस्र्क पुनः कब्जा गर्न सहयोग गर्‍यो,’ लीले भने । मार्चदेखि यस क्षेत्रमा झडप घटेको छ ।