१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ बैशाख १८ बिहीबार १३:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बुद्धजयन्तीमा पनौतीदेखि नमोबुद्धसम्म हजारजनाले शान्ति पदयात्रा गर्ने

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १३:२२:oo

काभ्रे सेवा समाजको आयोजनामा बुद्धजयन्तीको अवसर पारेर आगामी वैशाख २९ गते पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । करिब ९.५ किलोमिटर पदयात्रा गर्न करिब एक हजार जनाभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासका लागि ‘काभ्रेको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ ०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सूचीमा प्रस्तावित र मन्दिरहरूको सहरको रूपमा परिचित काभ्रेको पनौतीदेखि गौतमबुद्धले पाइला टेकेकोे नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो। समाजले गत वर्ष ०८० साल असोज ६ गते पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो । 

विश्वभर शान्ति र सदभावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिन लागिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए । उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिबन काटेर शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्धमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोबुद्धसम्मको ९.५ किलोमिटर दूरी छ । 

उक्त कार्यक्रम सम्पन्न गर्न करिब १० लाख खर्च हुने समाजले अनुमान गरेको छ । कार्यक्रमका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट तीन लाख आर्थिक सहयोग भएको र अन्य खर्च स्थानीय सरकार र सहयोगी संघसंस्थाबाट जुटाउने लक्ष्य रहेको समाजका अध्यक्ष नेपालले जानकारी दिए । बुद्धजयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सदभावको सन्देश फैलाउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवर्द्धनमा सहयोग गर्नुका साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ ।

समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकारलगायतका क्षेत्रका प्रतिनिधिहरूसहित करिब हजारजना सहभागी हुने लक्ष्य राखिएको छ ।